ऐनबहादुर महरलाई गोली हान्ने धम्की
काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरलाई गाली हान्ने धक्की आएको छ। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक महरले आफूलाई फेसबुकको कमेन्टमा गोली हानेर मार्ने धक्की आएको बताएका हुन् । ‘हामी जनताबाट अभिमत लिएर यस सदनमा आएका छौँ, जनताको कुरा बोल्न। हामी निरपेक्ष रुपमा सरकारको विरोध गर्दैनौँ,’ महरले भने, ‘सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्छौं। सरकारलाई सही बाटो देखाउन चाहन्छौं। बिडम्बना, सरकारमा बोलिरहँदा केही मान्छेलाई सरकारको विरोध गरेको आभाष हुँदोरहेछ र मलाई निरन्तर धम्की आइरहेको छ। गोली हानिदिन्छु, मारिदिन्छु भन्या छ,’।
