SHARE
अन्नपूर्ण · मङगलबार ३० असार २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेलबाट विनियोजन विधेयकसहित तीन विधेयक प्रमाणीकरण

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेलले मंगलबार विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ प्रमाणीकरण गरेका हुन्।राष्ट्रपति कार्यालयका अनुसार ती विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२)बमोजिम प्रमाणीकरण गरिएको हो।