SHARE
अन्नपूर्ण · मङगलबार ३० असार २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

मेटलाइफ नेपाल र त्रिभुवन विश्वविद्यालयद्वारा एक्चुरियल छात्रवृत्ति कार्यक्रमको सुरुवात

काठमाडौं : नेपालको अग्रणी जीवन बीमा कम्पनी मेटलाइफ नेपाल र त्रिभुवन विश्वविद्यालयको स्कुल अफ माथेमयाटिकल साएनस (एसएमएस) बीच नेपालको भावी एक्चुरी पेशाकर्मी उत्पादन गर्ने उद्देश्यका साथ छात्रवृत्ति कार्यक्रम सुरु गर्न साझेदारी गरिएको छ।नेपालको बीमा तथा वित्तीय सेवा क्षेत्रमा एक्चुरियल विज्ञान अत्यन्तै महत्वपूर्ण भए पनि यस क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको छ।