लोकप्रिय HONOR 600 Series अफर पुनः थपियो
काठमाडौं : स्मार्टफोन अपग्रेड गर्ने सोचमा हुनुहुन्छ? अब त्यसका लागि योभन्दा राम्रो अवसर नहुन सक्छ। HONOR ले आफ्नो लोकप्रिय HONOR 600 र HONOR 600 Pro मा लागू गरिएको विशेष अफरको अवधि थप गरेको छ। अब ग्राहकहरूले अत्याधुनिक AI प्रविधियुक्त स्मार्टफोन खरिद गर्दा आकर्षक निःशुल्क उपहार प्राप्त गर्ने अवसर July 31, 2026 सम्म पाउनेछन्। सीमित अवधिका लागि HONOR 600 5G वा HONOR 600 Pro 5G खरिद गर्ने प्रत्येक ग्राहकले रु. १५,९९९ मूल्य बराबरको HONOR Choice Watch 2 Pro निःशुल्क प्राप्त गर्नेछन्।
