SHARE
अन्नपूर्ण · मङगलबार ३० असार २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

गाडी पार्किङ घटनामा रास्वपा नेता–कार्यकर्ता भए पनि कारवाही हुनुपर्छ : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सञ्चार गृह बाहिर पार्किङ गरिएका गाडीहरूको विषयमा छानबिन र कारबाही हुनुपर्ने पार्टीको स्पष्ट अडान रहेको बताएका छन् । मंगलबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सभापति लामिछानेले उक्त घटनाका बिषयमा पार्टीले आफ्नो धारणा विज्ञप्तिमार्फत सार्वजनिक गरिसकेको भन्दै छानबिन र कारबाही हुनुपर्ने पार्टीको स्पष्ट अडान रहेको बताएका हुन् ।