SHARE
अन्नपूर्ण · मङगलबार ३० असार २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास सुरू

काठमाडौं : नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास सुरू भएको छ। सोमबारदेखि दुई देशका सैनिकबीच संयुक्त अभ्यास सुरू भएको हो। 'ब्यालेन्स नेल' नामक संयुक्त सैन्य अभ्यास २०६० सालदेखि दुवै देशका सेनाबीच हुँदै आएको छ।नेपाली सेनासँगको अभ्यासका लागि अमेरीकी सेनाहरू आइतबार साँझ विशेष विमानबाट काठमाडौं आएका थिए। काठमाडौंमा दुई देशका सेनाबीच अभ्यास भइरहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए। उनका अनुसार अभ्यास विपद व्यवस्थापन, खोज तथा उद्धार र मानवीय सहायतामा केन्द्रित छ।