SHARE
अन्नपूर्ण · मङगलबार ३० असार २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

काठमाडौं:  नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको छ। आधिकारिक रूपमा सार्वजनिक हुनु अगावै “गेस एंड  बुक द अल न्यु इ.मास ५ एट योर प्राइस” नामक विशेष योजना सुरू गरेको छ। कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकहरूले नयाँ प्रोटोन इ.मास ५ को आधिकारिक बजार मूल्य अनुमान गरी सोही मूल्यमा गाडी खरिद गर्न सक्ने मौका पाउनेछन्।