SHARE
अन्नपूर्ण · मङगलबार ३० असार २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

भोलिदेखि भरी सिलिन्डर ग्यास बिक्री वितरण हुने

काठमाडौं : नेपाल आयल निगमले भोलिदेखि भरी सिलिन्डर ग्यास बिक्री वितरण गर्ने निर्णय गरेको छ। निगमको बैठकले बुधबारदेखि १४.२ केजीको ग्यास बिक्री वितरण गर्ने निर्णय गरेको हो।यसअघि हाफ सिलिन्डर (७.१ केजी) ग्यास बिक्री वितरण हुँदै आएको थियो। निगमले भरी ग्यास सिलिन्डरको मूल्य २०६० रुपैयाँ तोकेको छ।