SHARE
अन्नपूर्ण · मङगलबार ३० असार २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

विराटनगर आगजनीका मुख्य अभियुक्त रिहा

विराटनगर : जेनजी आन्दोलनको आवरणमा २०८२ साल भदौ २४ गते विराटनगरमा भएको आगजनी, तोडफोड र लुटपाट घटनाका मुख्य अभियुक्त ताजिम अन्सारी उच्च अदालत विराटनगरको आदेशपछि रिहा भएका छन्। जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि मोरङ कारागार चलान भएका अन्सारीलाई उच्च अदालत विराटनगरले उक्त आदेश बदर गर्दै धरौटीमा रिहा गर्न आदेश दिएको हो। उच्च अदालतका न्यायाधीश ध्रवराज नन्द र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासले असार २५ गते दिएको आदेशअनुसार उनी सोमबार रिहा भएका हुन्।