नव–नियुक्त प्रमुख प्रशिक्षक अर्याललाई ग¥यो उसु महासंघले सम्मान, अन्तर्राष्ट्रिय स्तरमा थप सफलता प्राप्त गर्ने विश्वास
ललितपुर – नेपाल उसुको प्रमुख प्रशिक्षकमा नव–नियुक्त गणेश अर्यालको सम्मानमा नेपाल उसु महासंघले एक भव्य सम्मान कार्यक्रम गरेको छ । राष्ट्रिय खेलकुद परिषद राखेपले केही दिन अघि मात्रै अर्याललाई नेपाल उसुको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको थियो । नेपालमा उसु खेलका संस्थापक प्रनिलध्वज कार्कीको प्रमुख आतिथ्यता तथा महासंघका अध्यक्ष वीर बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नवनियुक्त प्रमुख प्रशिक्षक अर्याललाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।
