SHARE
अन्नपूर्ण · बुधबार ३१ असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ

कैलाली : एक १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । कैलाली प्रहरीले बालिका करणीको आरोपमा बैतडी सिगास गाउँपालिका–१ बस्ने २० वर्षीय राजेश धामीलाई सोमबार दिउँसो पक्राउ गरेको हो । राजेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।