SHARE
अन्नपूर्ण · बुधबार ३१ असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

मकवानपुरमा १०९ किलो गाँजासहित दुईजना पक्राउ

काठमाडौं : मकवानपुरमा १०९ किलो गाँजासहित दुईजना पक्राउ परेका छन्। मकवानपुर मनहरी गाउँपालिका-८ सिमपानीस्थित पूर्व-पश्चिम सडकखण्डमा १०९.०९६ किलोग्राम गाँजासहित दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ।चितवनबाट हेटौडातर्फ जाँदै गरेको बा.प्र.०१-०२६ च ४८९३ नम्बरको जीपलाई विशेष सूचनाका आधारमा रोकी जाँच गर्दा गाडीको पछाडिको भागमा त्रिपालले लुकाइछिपाइ राखिएको प्लास्टिकले बेरिएको १५ पोकामा रहेको १०९.०९६ किलोग्राम गाँजा बरामद गरिएको हो ।