SHARE
अन्नपूर्ण · बुधबार ३१ असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

२० वर्षपछि उठ्यो बाह्रकिलो बजार

गोरखा : लामो रस्साकस्सीपछि गोरखा नगरपालिका–११ मा २० वर्षदेखि सञ्चालनमा रहेको बाह्रकिलो बजार खाली भएको छ। पसलवालाहरूले मंगलबारदेखि स्वस्फूर्त आफ्ना घरटहरा खाली गरेका हुन्। नियमक निकायले सार्वजनिक जग्गामा बनेका घरटहरा यही असार ३० गतेभित्र खाली गर्न समयसीमा दिएपछि पसल सञ्चालकहरूले त्यहाँका घरटहरा छाड्न थालेका डिभिजन वन कार्यालय गोरखाले जनाएको छ। अहिले त्यहाँका ३५ वटा घरटहरा खाली भएका कार्यालयले जनाएको छ।