भारतको सहयोगमा सोलुखुम्बुमा बन्दै गुम्बाको भवन, गरियो शिलान्यास
सोलुखुम्बु : भारत सरकारको सहयोगमा सोलुखुम्बुमा गुम्बाको भवन निर्माण थालिएको छ । कोशी प्रदेश अन्तर्गतको सोलुखुम्बुको लिखु पिके गाउँपालिकास्थित गाउँपालिकामा ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बाको भवन निर्माण थालिएको हो ।भारत सरकारको ३.३ करोड लागतमा निर्माण हुने उक्त गुम्बा भवनको लिखु पिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेत र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजयकुमार सिंहले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।
