SHARE
अन्नपूर्ण · बुधबार ३१ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

गाईको नाममा २१ लाखभन्दा बढी खर्च, खरिद भए फर्निचरदेखि ई–हाजिरी मेसिनसम्म

जनकपुरधाम : लामो समयदेखि निगौल गाई गौशाला व्यवस्थापन कार्यालय र गौशाला नगरपालिका बीचमा विवाद चलिरहेको छ। विवादको क्रममा गत असार ११ गते गौशाला नगरपालिका कार्यालयले अनुमतिबिनै ढल निकास गर्न खोजेपछि रोक्न गएकी निगौल गाई गौशालाको कार्यालय प्रमुख कान्तिकुमारी पाण्डेलाई नगरप्रहरीले दुव्र्यवहार गर्दै कुटपिट गरे।कुटपिटको घटनामा आरोपितहरू नगरप्रहरीलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले नियन्त्रणमा लिएर अनुसन्धान थाले।