SHARE
अन्नपूर्ण · बुधबार ३१ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

शेख हसिनालाई बंगलादेश फर्काउने विषयमा बोल्यो भारत

भारत : बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना सन् २०२४ मा देश छोडेपछि हालसम्म भारतमै बसिरहेकी छन् । गत साता उनले आफू छिट्टै स्वदेश फर्किने बताइन्, त्यसपछि बंगलादेशमा नयाँ राजनीतिक बहस सुरु भएको छ । एकातर्फ बंगलादेशले हसिनाको ढाकामा स्वागत हुने बताएको छ भने अर्कोतर्फ फर्किदा उत्कृष्ट वकिल लिएर आउन सुझाव दिएको छ । यस विषयमा भारतले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ ।भारतको विदेश मन्त्रालयले शेख हसिनाको स्वदेश फिर्तीबारे सरकारको अडान सुरुदेखि नै स्पष्ट रहेको र त्यसमा कुनै परिवर्तन नभएको जनाएको छ ।