२ वर्षदेखि न्यायको पर्खाइमा श्यामुकुमारी
सिमरा : धनुषाधाम नगरपालिका–२ मंगलपुरकी श्यामुकुमारी ठाकुरको आँखाका आँसु सुकेका छैनन, न त उनको न्यायका लागि सुरु भएको संघर्ष नै रोकिएको छ। मिटरब्याजको पासो र त्यसपछि निम्तिएको क्रुर हिंसामा आफ्ना पति भोगेन्द्र ठाकुरलाई गुमाएको दुई वर्ष बितिसक्दा पनि श्यामुकुमारी न्याय र भत्किएको परिवार सम्हाल्ने पीडादायी संघर्षमै छिन्।२०८१ साल साउन १४ गते दिउँसो हातहतियारसहित आएका १० जनाको समूहले उनीहरूको घरमै पसेर अन्धाधुन्ध आक्रमण गरेको थियो।
