सम्झौता नगरे इरानसँग केही पनि बाँकी रहँदैन : ट्रम्प
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई अमेरिकासँग सम्झौता गर्न पुनः कडा चेतावनी दिएका छन् । उनले सम्झौता नगरे इरानसँग केही पनि बाँकी नरहने दाबी गरेका हुन् । फक्स न्युजसँग मंगलबार प्रसारित अन्तर्वार्तामा ट्रम्पले इरानलाई लक्षित गर्दै भने– ‘इरानले सम्झौता गर्नुपर्छ, अन्यथा त्यहाँ कोही पनि बाँकी रहने छैन ।’ उनले अमेरिका नागरिक जनसङ्ख्याप्रति निकै सावधानी अपनाइरहेको दाबी गर्दै फेरि दोहोर्याए कि इरानले समयमै सम्झौता नगरे गम्भीर परिणाम भोग्नुपर्नेछ र देशसँग केही पनि बाँकी रहने छैन ।
