SHARE
अन्नपूर्ण · बुधबार ३१ असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

लेकमा दुःख, बजारमा निराशा: यार्सागुम्बा नबिकेर चिन्ता

गोरखा : ज्यानको बाजी राखेर संकलन गरेको यार्सागुम्बा नबिकेपछि उत्तरी गोरखाका बासिन्दा चिन्तामा छन्। यसअघि गोटाको १ हजार रुपैयाँमा बिक्री हुने गरेको यार्सागुम्बा अहिले नबिकेपछि चुमनुब्री गाउँपालिका–१ तथा वडा नं. ७ का बासिन्दा चिन्तित भएका हुन्। राम्रो मूल्यमा बेचेर घरखर्च जुटाउने रहरले संकलन गरेको यार्सागुम्बा अहिले घरघरमा पोको पारेर राखेको वडा नं. ७ का दोर्जे लामाले बताए। ‘कुनै बेला प्रतिगोटा १ हजार रुपैयाँमा पनि बेचेको हो।