सम्झौतामा नआए इरानका विद्युत केन्द्र र पुलहरू ध्वस्त पार्ने ट्रम्पको धम्की
अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अर्को हप्तादेखि इरानका विद्युत् उत्पादन केन्द्र (पावर प्लान्ट) र पुलहरूमा आक्रमण गरी ध्वस्त बनाउने धम्की दिएका छन् । फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले भने, ‘अर्को हप्ता उनीहरूका लागि अवस्था निकै खराब हुनेछ। अर्को हप्ता पावर प्लान्टको पालो आउँछ, त्यसपछि पुलहरूको । यदि उनीहरू वार्ताको टेबलमा आएर सम्झौता गर्दैनन् भने हामी उनीहरूका सबै पावर प्लान्ट र सबै पुलहरू ध्वस्त पार्नेछौं ।
