SHARE
अन्नपूर्ण · बुधबार ३१ असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

सरकारमाथि प्रश्न उठ्दा स्टण्टले विषयान्तर गर्ने शैली अब पुराना भयो : कांग्रेस सांसद गुरुङ

काठमाडौं : नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारमाथि प्रश्न उठ्दा स्टण्टले छोप्ने शैली अब पुरानो भइसकेको बताएकी छन् ।  प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद गुरुङले प्रधानमन्त्रीमाथिको विश्वा एउटा व्यक्तिमाथिको विश्वास मात्र नभई युवा नेतृत्वमाथिको विश्वास भएको बताइन् ।उनले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहबाट पुरानो राजनीति भन्दा फरक शैलीको नेतृत्व दिने सबैको अपेक्षा रहेको बताउँदै तर, त्यो आशा विस्तारै निरासामा परिणत हुन थालेको बताइन् ।