अर्थ मन्त्रालयमा आज पनि करार कर्मचारीको धर्ना
काठमाडौं : अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध कर्मचारीहरूले बुधबार पनि अर्थ मन्त्रालयमा धर्ना दिएका छन् । सरकारले आफूहरुलाई हटाएर आउट सोर्सिङबाट काम गर्ने नीति लिएको भन्दै बिभिन्न मन्त्रालयमा कार्यरत अस्थायी र करारमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका हुन् ।सबै मन्त्रालयका अस्थायी र करार कर्मचारीहरले सेवा निरन्तरताको माग गर्दै अर्थ मन्त्रालयमा धर्ना दिएका थिए ।
