SHARE
अन्नपूर्ण · बुधबार ३१ असार २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

संसदको हकमा ‘हनिमुन पिरियड’ सुने जस्तो लाग्दैन, समीक्षा हुनुपर्छ : विपिन आचार्य

काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिनकुमार आचार्यले सामान्यता सरकारको १०० दिनलाई हनिमुन पिरियड भनिने भए पनि संसदको हकमा हनिमुन पिरियड भनेर सुने जस्तो नलागेको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद आचार्यले संसदले पनि आफ्नो समीक्षा गर्ने बेला भएको बताएका छन् ।