विना योजना जब्बरजस्ती सुकुमबासी हटाउँदा सरकारलाई सम्हाल्न धौंधौं परेको छ : सांसद राई
काठमाडौं : नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले बिना योजना सुकुमबासीलाई हटाउँदा अहिले सरकारलाई सम्हाल्न धौंधौं परिरहेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै एमाले सांसद राईले सुकुमबासीहरुलाई जब्बरजस्ती निकालेका कारण अहिले ठूलो समस्या बनेको र सरकारलाई समाधान गर्न धौंधौं परिरहेको बताएका हुन् ।उनले अहिले अर्थ मन्त्रालयले अस्थायी कर्मचारीलाई हटाउन खोजिरहेको बताउँदै उनीहरुलाई हटाइए झन जटिल समस्या हुने बताए ।
