माइतीघरमा गोलभेडा फालेर किसान आन्दोलित
काठमाडौं : उचित मूल्य नपाएको भन्दै किसानले गोलभेडा सडकमा फालेर आन्दोलनमा उत्रिएका छन्। उत्पादनको उचित मूल्य नपाएको भन्दै उनीहरूले बुधबार काठमाडौंको माइतिघरमा सडकमा नै गोलभेडा सडकमा फालेर आन्दोलन गरेका हुन् ।किसानले गोलभेडा तथा अन्य तरकारीको न्यूनतम समर्थन मूल्य तोक्न माग गरेका छन् । प्रदर्शनमा उत्रिएका किसानले कृषि बीमा लागू गर, एक वडा एक सित भण्डार व्यवस्थापन गर, किसानहरुलाई सही बजार व्यवस्थापन गर लगायत लेखिएका प्लेकार्ड देखाउँदै नाराबाजी गरे।
