सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने एमालेको निर्णय
कैलाली : नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधवार बसेको संसदीय दलको बैठकले आज साँझ ५ बजेदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए। रावलका अनुसार बजेट पुनर्लेखनको माग गर्दै आएको अवस्थामा एमालेका मन्त्रीहरूलाई बर्खास्त गरिएको विरोधमा सरकारलाई दिएको समर्थन फिर्ता लिइएको हो।
