SHARE
कालिका खबर · शुक्रबार​ १ साउन २०८३ १२:१३ PM · 1 मिनेट पढाइ

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा

काठमाडौं  । आम जनता पार्टी (आजपा)ले देशको वर्तमान आर्थिक अवस्था अत्यन्तै निराशाजनक रहेको र वर्तमान सरकार हरेक क्षेत्रमा पूर्ण रूपमा असफल भएको निष्कर्ष निकालेको छ । आजपा प्रवक्ता सुभाषप्रसाद साहद्वारा आज जारी प्रेस वक्तव्यमा सरकारको अपरिपक्व कार्यशैलीका कारण मुलुक गम्भीर आर्थिक संकट र ऋणको दुष्चक्रमा फस्दै गएको दाबी गरिएको छ । राजस्व असुली ठप्प, पूँजीगत खर्च निराशाजनक विज्ञप्ति अनुसार आर्थिक वर्ष २०८२/०८३ मा लक्ष्यको तुलनामा निकै कम राजस्व असुली भएको छ भने राजस्व वृद्धिदर विगतका वर्षहरूको तुलनामा न्यूनतम विन्दुमा खुम्चिएको छ ।