‘०८४ को चुनावका तयारीमा लाग्नुस्, सुदूरपश्चिम र मधेसबाट पहिलो शक्तिमा स्थापित हुने आधार तय हुँदैछ’
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीको देशको राजनीतिमा विशिष्ट भूमिका रहेको दाबी गरेका छन् । समाजवादी प्रेस संगठनको बैठकमा अध्यक्ष नेपालले पार्टी निर्माण र जनतासँग प्रत्यक्ष संवादका लागि पार्टीपंक्तिलाई सक्रिय रूपमा काम गर्न निर्देशन दिएका हुन् ।
