SHARE
कालिका खबर · आइबार​ ३ साउन २०८३ ०३:४२ AM · 1 मिनेट पढाइ

मनसुनको प्रभाव : आज देशभर बदली, भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लागेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा तथा कोशी प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । देशका हिमाली भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।