स्पेन र अर्जेन्टिना आमनेसामने हुँदा बेलायतमा यी दम्पती पनि विभाजित
न्यूयोर्क : न्यु जर्सीस्थित रंगशालामा मात्र होइन, बेलायतको लिंकनशायरस्थित एउटा घरमा पनि उत्तिकै तनावपूर्ण माहोल हुनेछ।स्पेनको म्याड्रिडमा जन्मिएकी मारिया हेरेइज र उनका अर्जेन्टिनी श्रीमान् आन्द्रेस रोकोले फाइनल खेल सँगै बसेर हेर्ने तयारी गरेका छन्।लिंकनमा डेलिकाटेसन (विशेष खाद्य सामग्री) पसल सञ्चालन गर्ने यो दम्पतीले भने आ-आफ्नो जन्मदेशलाई समर्थन गर्नेछन्। मारियालाई स्पेन (ला रोजा)ले उपाधि जित्नेमा पूर्ण विश्वास छ।
