SHARE
अन्नपूर्ण · आइबार​ १० साउन २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

मधेसमा सिंचाइ र माटोको उर्वराशक्ति सुधारको रणनीतिमा सरकार

धुनषा : कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री गीता चौधरीले मधेश प्रदेशमा सिँचाइको दीर्घकालीन व्यवस्थापन र माटोको उर्वराशक्ति सुधारका लागि विशेष रणनीति ल्याउन लागिएको बताएकी छन् ।आइतबार धनुषा अनुगमनका क्रममा जनकपुरमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषि र सिँचाइ मन्त्रालयबीच सहकार्य गरेर एक एकीकृत योजना बनाइने बताइन् । उनले सिँचाइ र कृषि अलग–अलग नभई एउटै युनिटका रूपमा अघि बढाउँदा मात्र प्रभावकारी परिणाम आउने उल्लेख गरिन् ।