SHARE
अन्नपूर्ण · आइबार​ १० साउन २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

सोमबारदेखि कोरियन भाषा परीक्षाका लागि आवेदन दिन सकिने

काठमाडौं : सोमबारदेखि कोरियन भाषा परीक्षाको आवेदन दिन सकिने भएको छ। ईपीएस कोरिया शाखाले सूचना जारी गरेर सन् २०२६ का लागि प्रथम चरणको आवेदन भोलिदेखि खुला हुने जानकारी दिएको हो। यही जुलाई २७ देखि अगस्ट २ सम्म आवेदन दिन सकिने छ। यसपटक पनि आवेदन अनलाइनमार्फत दिन सकिने शाखाले जनाएको छ। शाखाका अनुसार पोइन्ट बेस्ड सेलेक्सन सिस्टमबाट अनुमानित उत्तीर्ण संख्या ७ हजार २०० हुने अनुमान छ। जसमा सबैभन्दा बढी उत्पादनमुलक क्षेत्रमा ५ हजार उत्तीर्ण हुने अनुमान छ।