SHARE
अन्नपूर्ण · आइबार​ १० साउन २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

चीरञ्जीवि खड्कामाथि ६ टोलीको बोली, लक्की ड्रबाट काठमाडौं रेड्समा

काठमाडौं : नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको अक्सनमा चिरञ्जीवि खड्का काठमाडौं रेड्समा अनुबन्ध भएका छन् । आइतबार भइरहेको अक्सनमा चिरञ्जीवि खड्कामाथि ६ वटै फ्रेन्चाइज टोलीहरुले बोली लगाएका थिए । उनलाई क्याटगोरी ‘ए’ को अधिकतम बोली एक लाख २० हजारमा ६ वटै टोलीले बोली लगाएका थिए । त्यसमा लक्की ड्रबाट उनी काठमाडौं रेड्समा अनुबन्ध भएका हुन् । ६ वटै टोली बोली लगाएका उनी पहिलो खेलाडी बने ।