SHARE
अन्नपूर्ण · आइबार​ १० साउन २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

काभा भलिबलमा नेपालको चौंथो हार, सेमिफाइनल पुग्ने सम्भावना न्यून

काठमाडौं : काभा पुरुष भलिबलमा नेपालको चौंथो हार व्यहोर्दा सेमिफाइनल खेल्ने सम्भावना न्यून बनेको छ । प्रतियोगिताको चौथो खेलमा बंगलादेशसँग ३–२ मा पराजित भएको हो । बंगलादेशले नेपाललाई १८–२५, २५–१९, २१–२५, २५–२३ र १५–११ ले हराएको हो । नेपालले पहिलो र तेस्रो सेट जितेको थियो । बंगलादेशले भने दोस्रो, चौथो र पाँचौं सेट जित्दै खेल जितेको हो । निकै प्रतिस्पर्धात्मक खेल खेलेको नेपाल प्रतियोगिता अवधिमा हालसम्म जितविहीन रहेको छ ।