गगन थापालाई देउवा समूहको पाँच बुँदे प्रस्ताव
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई संस्थापन इतर (देउवा समूह)ले पाँच बुँदे प्रस्ताव गरेका छन्। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी, सदस्य, प्रदेश समितिका सभापति, जिल्ला सभापतिसहितको बैठकले सभापति थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने र कार्यसम्पादन पनि थापाको बहुमत हुने गरी समिति बनाउने प्रस्ताव गरेको हो।
