काठमाडौंको माइतीघर क्षेत्र जलमग्न
काठमाडौं : अविरल वर्षापछि काठमाडौंको माइतीघर क्षेत्र जलमग्न भएको छ। आइतबार सडकमा पानी जम्दा सवारी साधनको आवागमन प्रभावित भएको छ भने सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भएको छ।सडकमा पानीको सतह बढेपछि केही सवारी साधन सुस्त गतिमा सञ्चालन भएका छन्। पैदलयात्रुहरूले समेत पानी छिचोल्दै यात्रा गर्न बाध्य भएका छन्। सम्बन्धित निकायले वर्षाका कारण जलमग्न भएका क्षेत्रमा सावधानी अपनाउन तथा आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
