SHARE
अन्नपूर्ण · आइबार​ ३ साउन २०८३ ०९:०१ PM · 1 मिनेट पढाइ

नेपालमा भोलि १ हजार बढी मेट्रिक टन डीएपी मल आइपुग्ने

काठमाडौं : नेपालमा भोलि १ हजार २५० मेट्रिक टन डीएपी मल आइपुग्ने भएको छ। ग्लोबल टेन्डरमार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिक डीएपी मल भारतको कोलकाता बन्दरगाहमा १० जुलाईमा आइपुगेको थियो। सो मलमध्ये १ हजार २५० मेट्रिक टन मल १ गते नेपालतर्फ ढुवानी सुरु भएको र सो मल भोलि ४ गते नेपाल आईपुग्ने छ। बाँकी रहेको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङको काम भइरहेको छ। प्याकेजिङ सम्पन्न भएसँगै आज अर्को एक रेक वीरगन्ज चलान भएको छ। बाँकी क्रमशः नेपाल भित्रिने छ।