बाख्रा चराउन गएकी महिलाको करेन्ट लागेर मृत्यु
गोरखा : करेन्ट लागेर गोरखामा महिलाको मृत्यु भएको छ। आरुघाट गाउँपालिका-२ माथिल्लो कटुञ्जेकी ६५ वर्षीया धनकुमारी गुरुङको आइतबार साढे ३ बजे करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। बाख्रा चराउन गएकी उनको मृत्यु भएको हो। करेन्ट लागेर पाँचवटा बाख्रा पनि मरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। माथिल्लो कटुञ्जेको पुनाचौतारास्थित रुखमा विद्युत् तार सर्ट भई करेन्ट प्रवाह भएको र सो पोलमा आगलागी हुँदा गुरुङको मृत्यु भएको प्रहरीको भनाइ छ।
