इन्जिनियरिङलाई राष्ट्र निर्माणको अभियानका रूपमा अघि बढाउनुपर्छ : ऊर्जामन्त्री
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले इन्जिनियरिङलाई राष्ट्र निर्माणको अभियानका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। उनले आधुनिक, दिगो र गुणस्तरीय पूर्वाधार निर्माणमार्फत देशको समृद्धिको आधार तयार गर्ने जिम्मेवारी इन्जिनियरहरूको काँधमा रहेको उल्लेख गरे।६४औँ इन्जिनियर्स दिवसका अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसनले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले राष्ट्र निर्माणको यात्रामा इन्जिनियरहरूको योगदान अद्वितीय, अपरिहार्य र प्रेरणादायी रहेको धारणा राखे।
