SHARE
अन्नपूर्ण · सोमबार ४ साउन २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

एम्बाप्पे बने लगातार दुईपटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी, रोड्रि सर्वोत्कृष्ट

काठमाडौं : फ्रान्सका कप्तान किलियन एम्बाप्पे लगातार दुईपटक फिफा विश्वकपको गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन्। फिफा विश्वकप २०२६ मा ८ खेल खेल्दै १० गोल गरेर कीर्तिमानी कायम गरेका छन्। फाइनलमा नपुगेपनि तेस्रो स्थानको लागि इंग्ल्यान्डविरुद्धको खेलमा २ गोल गर्दै एमबाप्पेले अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई पछि पार्दै कीर्तिमान बनाएका हुन्।खेलको दोस्रो हाफको ४८ औँ मिनेटमा आफ्नो व्यक्तिगत पहिलो गोल गर्दै एम्बाप्पेले विश्वकपमा नवौँ गोल पूरा गरेका थिए।