SHARE
अन्नपूर्ण · सोमबार ४ साउन २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

६ घण्टापछि सञ्चालनमा आयो मुग्लिङ-काठमाडौं सडक खण्ड

धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित जवाङ खोला क्षेत्रमा आइतबार बिहान करिब ५ बजे ढुङ्गामाटो र लेदोसहितको पहिरो खस्दा अवरुद्ध भएको मुग्लिङ-काठमाडौं सडकखण्ड करिब ६ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको छ।अविरल वर्षापछि आएको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध बनेको थियो। पहिरोसँगै माथिबाट निरन्तर ढुङ्गा झरिरहेकाले पहिरो हटाउने काममा कठिनाइ भएको थियो।सडक अवरुद्ध हुँदा सयौं यात्रुवाहक तथा मालवाहक सवारीसाधन राजमार्गमै रोकिएका थिए भने यात्रुहरूले घण्टौंसम्म सास्ती व्यहोर्नुपरेको थियो।