SHARE
अन्नपूर्ण · सोमबार ४ साउन २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

निकुञ्जभित्र च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिला फर्किए, कहाँ गएका थिए ?

धनगढीः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका बेपत्ता भनिएका  १४ जना महिला सकुशल परिवारको सम्पर्कमा आएका छन्। जंगलभित्र बाटो बिर्सिँदा उनीहरू केही समय सम्पर्कविहीन भएका थिए।भीमदत्त नगरपालिका–१९ का वडाध्यक्ष जगुराम थारू चौधरीका अनुसार सोमबार मध्याह्न करिब सवा १२ बजेतिर सम्पर्कविहीन रहेका महिलाहरू आफैं परिवारको सम्पर्कमा आएका हुन्। उनीहरूले जंगलमा च्याउ खोज्दै जाँदा बाटो बिर्सिएपछि बाहिर निस्कन नसकेको बताएका छन्।