SHARE
पर्दाफास · सोमबार ४ साउन २०८३ १०:०२ AM · 1 मिनेट पढाइ

नेप्से ४१.७० अंकले बढ्यो, ५ अर्ब ५१ करोडको कारोबार

नेप्सेमा आज वृद्धि भएको छ । आज सोमबार नेप्से ४१.७० अंकले बढेर २७१९.२४ विन्दुमा पुगेर रोकिएको छ । आज ३४३ कम्पनिका एक करोड २२ लाख ४५ हजार ३३७ कित्ता शेयर ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार ९७९ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रका शेयर मुल्य बढेको छ ।