SHARE
अन्नपूर्ण · मङगलबार ५ साउन २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, यी हुन् थप भएका नयाँ क्षेत्र

काठमाडौं : कोरियन भाषा परीक्षाको आवेदन खुलेको छ। ईपीएस कोरिया शाखाले सूचना जारी गरेर सन् २०२६ का लागि प्रथम चरणको आवेदन खुला भएको जानकारी दिएको हो। यही जुलाई २७ देखि अगस्ट २ सम्म आवेदन दिन सकिने छ। यसपटक पनि आवेदन अनलाइनमार्फत दिन सकिने शाखाले जनाएको छ। यस्तो छ अनुमानित उत्तीर्ण संख्या यस वर्षदेखि दुई वटा नयाँ क्षेत्र थप भएका छन्। यसअघि उत्पादनमुलक, कृषि तथा पशुपालन क्षेत्र र सिप बिल्डिङमा मात्र परीक्षा हुने गरेको थियो। यसपटक सेवा र वन क्षेत्र थप भएका हुन्।