SHARE
पर्दाफास · आइबार​ १० साउन २०८३ ०३:२६ AM · 1 मिनेट पढाइ

धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि भारतमा शिक्षा मन्त्रालयको जिम्मेवारी जोशीलाई

भारतमा धर्मेन्द्र प्रधानले शिक्षा मन्त्रीबाट दिएको राजीनामा स्वीकृत भएको छ। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानको राजीनामा स्वीकृत गरेको जानकारी दिएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानको राजीनामासँगै रिक्त रहेको शिक्षा मन्त्रीको जिम्मेवारी प्रल्हाद जोशीलाई दिएका छन् ।