भीडमाथि गाडी दौडिएपछि एकको मृत्यु, १७ जना घाइते
जर्मनीको राजधानी बर्लिनमा आयोजित वार्षिक क्रिस्टोफर स्ट्रिट डे (सीएसडी) प्राइड कार्यक्रममा शनिबार राति मानिसको भीडमा एक गाडि पस्दा कम्तीमा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । घटना टियरगार्टेन पार्क नजिक भएको हो ।
