SHARE
पर्दाफास · आइबार​ १० साउन २०८३ ०५:३२ AM · 1 मिनेट पढाइ

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिँदै, आकस्मिक सवारीलाई मात्र अनुमति

नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको यस आयोजनाको कुल लागत करिब १९ अर्ब रुपैयाँ रहेको छ ।