पन्छी रुघा अर्थात् बर्ड फ्लुको त्रास
सदर चिडियाखाना जावलाखेलमा बर्ड फ्लु (एच फाइभ एन वन) को संक्रमण पुष्टि भएपछि सूचना लुकाएको आरोपमा छानबिन समिति बनाई चिडियाखानाका प्रमुखलाई पदबाट गत असार ६ गते हटाइयो।त्यसो त २०८२ को चैत ४ गते मोरङमा पुष्टि भएसँग देशका ११ जिल्लाका १ सय बढी स्थानमा संक्रमण फैलिई ठूलो संख्यामा पशुपन्छी र करोडौं धनको क्षति भएको छ।काठमाडौं उपत्यकाका विभिन्न स्थानमा समेत संक्रमण पुष्टि भएका छन्।नेपालमा पहिलोपटक कुखुरामा बर्ड फ्लु संक्रमण सन् २००९ देखिएपछि हरेक वर्ष जसो प्रकोप देखिँदै आएको छ।
