SHARE
अन्नपूर्ण · आइबार​ १० साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

नेताका सालिक ठडिए, पारदर्शिता ढल्यो

नेपालगन्ज : सुशासनको अनुभूति त्यति बेला हुन्छ, जब राज्यका निकाय पूर्ण पारदर्शी हुन्छन्। तर, नेपालगन्ज उपमहानगरपालिकामा भने आर्थिक अनुशासन पटक्कै देखिएको छैन। कतिसम्म भने सहरका मुख्य सडकमा पुनस्र्थापना गरिएका आदर्शवादी नेताहरूसँगै पूर्वराजाको सालिक निर्माण गर्दा लागेको खर्चसमेत लुकाइएको छ।पुनर्स्थापना गरिएका बीपी, गणेशमान, पुष्पलाल र सेतु विकको सालिक ०८२ भदौ २४ गते भ्रष्टाचारको विरोध र सदाचारको माग गर्ने क्रममा तोडफोड गरिएका र भत्काइएका थिए।