SHARE
अन्नपूर्ण · आइबार​ १० साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

प्रदेशसभा विघटनबाट जोगाउनका लागि एमालेसँग सहकार्य भएको हो : नारायणकाजी श्रेष्ठ

काठमाडौं :  नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर चलोस् भन्ने चाहेपनि दुई दलबीच एउटै सरकारमा बस्ने स्थितिको जानकारी पाएपछि नेकपाले एमालेसँग सत्ता सहकार्य अगाडि बढाएको श्रेष्ठले बताएका हुन्। उनले कांग्रेस र एमालेमध्ये एउटासँग सहमति गर्नुपर्ने स्थिति वामपन्थी शक्तिसँग सहकार्य गर्ने पार्टीको नीति रहेको बताए।